ललितपुर, १८ कात्तिक : १५ ओैँ नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कृष्णचन्द्र महर्जन सर्वसम्मत चयन हुनुभएको छ। पार्टीको क्षेत्रीय अधिवेशनअन्तर्गत विभिन्न पालिका, वडा इकाइ तथा प्रदेशसभा क्षेत्रको नेतृत्वसमेत सर्वसम्मत चयन गरिएको छ।
अधिवेशनबाट गोदावरी नगरपालिकाको नगर सभापतिमा दीपेन्द्र रमण डंगोल, कोन्ज्योसोम गाउँपालिकाको सभापतिमा माधव घिमिरे र बागमती गाउँपालिकाको सभापतिमा दिलबहादुर लामा सर्वसम्मत चयन हुनुभएको छ।
त्यस्तै, बागमती गाउँपालिकाको उपसभापतिमा छिरिङ बल चयन हुनुभएको छ। ललितपुर क्षेत्र नं. १ प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा महेश थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
गोदावरी नगरपालिकाअन्तर्गत वडा नं. १ को इकाइ सभापतिमा सानुमैया कार्की, वडा नं. २ मा रामबहादुर विष्ट, वडा नं. ५ मा विजयकुमार तामाङ, वडा नं. ९ मा शान्तविक्रम थापा, वडा नं. १० मा सबिन चालिसे, वडा नं. ११ मा राजबाबु महर्जन, वडा नं. १२ मा सञ्जय महर्जन र वडा नं. १३ मा नवीन रावल सर्वसम्मत चयन हुनुभएको छ।
त्यसैगरी, कोन्ज्योसोम गाउँपालिका वडा नं. १ को इकाइ सभापतिमा जनक लामा चयन हुनुभएको छ।
बागमती गाउँपालिकाअन्तर्गत वडा नं. १ को इकाइ सभापतिमा पूर्ण लामा, वडा नं. २ मा आशिष लामा, वडा नं. ३ मा निरोज लामा, वडा नं. ४ मा श्याम लामा, वडा नं. ५ मा अमन सिंह लामा, वडा नं. ६ मा रमेश संजेल र वडा नं. ७ मा गणेश नेगी सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विभिन्न व्यक्तिहरू चयन हुनुभएको छ। चयन हुने प्रतिनिधिहरूमा सानुमैया कार्की, शोभा केसी, गोमा पाण्डे, रचना घिमिरे, रबिन शर्मा, अमरबहादुर खड्का, ओमकार बोहरा, सुनबहादुर थिङ, सुनबहादुर लामा, कृष्णकुमार थापा, विशाल थापा, दीपक आचार्य, सुरेन्द्र सिजापति, बुद्ध लामा, प्रकाश लामा, देवप्रसाद घिमिरे, शिशिर बस्नेत, जनक लामा, सानी श्रेष्ठ, दिवाकर पोखरेल, राजन घिमिरे, माधव घिमिरे, सागर महत, शोभा घिमिरे, युवराज लामा, सुशील विष्ट, राजकुमार बजगाईं, पुरुषोत्तम तिमिल्सेना, बलराम मगर, नकुल बस्नेत र अनिन्द्र बल रहनुभएको छ।
पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहदेखि केन्द्रसम्म संगठनात्मक एकता र सहकार्य कायम राख्न अधिवेशनले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।