नेपाली कांग्रेस ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनबाट सभापतिमा सुदर्शन घिमिरे निर्विरोध निर्वाचित

ललितपुर, ३० कात्तिक: नेपाली कांग्रेस ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनबाट सभापतिमा सुदर्शन घिमिरे निर्विरोध निर्वाचित
हुनुभएको छ। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा सम्पन्न अधिवेशनबाट जिल्ला सभापतिमा सुदर्शन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता घनश्याम जोशीले जानकारी दिनुभयो।

निर्वाचन अधिकृत जोशीका अनुसार उपसभापतिमा अमीर बज्राचार्य, सचिवमा अशोककुमार दाहाल र सन्तोषराज केसी तथा सहसचिवमा दिवाकर पोख्रेल निर्वाचित हुनुभएको छ।

अधिवेशनबाट जिल्ला सदस्यमा सुधाकर ढुंगाना, ध्रुवनारायण नेमकुल, अनिन्द्र बल, देवप्रसाद घिमिरे, कृष्णभक्त महर्जन, माधव तिमिल्सिना, तारा लामिछाने थापा, किशोर महर्जन, रामशरण सुवाल, अन्जु अधिकारी, किरण महर्जन, नरेश खड्का, सरला विसुन्के, धिरेन्द्रकुमार मल्लिक र सुवास थिङ निर्वाचित हुनुभएको छ।

निर्वाचित जिल्ला सदस्य तथा पदाधिकारीहरूलाई नेपाली कांग्रेसका नेता मदन अमात्य र जीतजंग बस्नेतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा एकता, सहकार्य र संगठन विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

More From Author

“द सनसाइन फ्लड” पुस्तकमा समेटियो भोटेकोशी–त्रिशूली बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *