मुक्तिनाथ आचार्य
वाइबलको पूरानो नियमसंग आबद्ध नभएको एउटा पुस्तक छ जसको शिर्षक अंग्रजीमा “फलन एन्जेल” । यो भनेको स्वर्गमा शौतान र त्यसका फौजले ईश्वरसंग विद्रोह गरे पछि उनीहरुलाई त्यहाँबाट हटाइयो । शौतानका दुतहरु लधारिने कममा केही त पृथ्वीमा पनि आइपुगे । पृथ्वीमा आइपुगे पछि यहाँका सुरा सुन्दरी आइमाइहरुसंग सहवास (सेक्स) गरे। पृथ्वीमा धेरै स्त्रीहरु जो अचेत निद्रामा थिए तिनीहरुसंग पनि ती दैत्यहरुले सहवास गरे । ती बलिष्ट अनि सुन्दर दैत्यहरुले पृथ्वीका स्त्रीहरुलाई दिन सम्मको यौन आनन्द पनि दिए । पछि यिनै फलन एन्जेल (दैत्य) हरुबाट नयाँ सन्तानहरु पृथ्वीका स्त्रीहरुले जन्माए । तिनीहरु पृथ्वीका अरु मानिसहरु भन्दा डरलाग्दा, खुनी, हिंस्रक र दुष्ट भए। यति सम्म कि यिनीहरुले अरु मानिसहरुलाई मार्ने मात्र होइन उनीहरुको रगत पनि पिउँथे। यिनीहरुको दृष्टताको कामले पृथ्वी भरिन लागेको देखेर स्वर्गमा परमेश्वर साहै दुखित भए अनि कोधित भएर पृथ्वीको दैत्यहरु बसेको भुभागमा प्रलय पठाएर तिनीहरुको सर्बनास गरे भनेर उक्त पुस्तकमा लेखिएको छ । कुरा कै प्रशंङ्गमा म अध्यायनको सिलसिलामा ताहाचल क्याम्पस गएको थिए । अखिल कान्तिकारी (स्व.वि.यु.) को कोठामा पुगेछु । त्यहाँ एकातिर जनयुद्धमा बेपत्ता भनी लेखिएका तस्वीर थिए भने अर्कातिर कार्लर्मास्क, लेलिन, स्टालिन र माओका तस्वीरहरु थिए। यि लाल तस्वीरहरु देखेर त्यहाँ बसेको भाइहरु मध्ये एउटालाई सोधे के यिनीहरुको देशमा अहिले साम्यवाद छ ? यो कोठामा आए पछि मलाई विदेशमा छु जस्तो लाग्यो । मैले जिज्ञासा राखेर फेरि सोधे तपाईहरुले तपाईका नेता, पुष्प कमल दहाल (प्रचण्ड), डा. बाबुराम भट्टराईहरु जस्ताका फोटोहरु चाँहि किन नराखेको ? उनीहरु मध्ये एउटाले भन्यो तपाईको घर कहाँ हो ? मलाई अचम्म लाग्यो यो देशको अवस्था देखेर कारण पृथ्वी नारायण शाहा, बहादुर शाहा, राजेन्द्र लक्ष्मीहरुले बाइसे चौविसे राज्यहरु जितेर एउटा विसाल सिङ्गो राष्ट्रको सृजना गरे । विसाल नेपाल निमार्ण गर्न वीर बलभद्र भक्ति थापा, अमरसिहं थापा आदिले अतुलनीय कामहरु गरे । खोइ तिनीहरुको तस्वीर, फोटो, शालिक ? के नेपालका नेता अगुवा भनाउँदाहरुको विवेकमा खडेरी परेको छैन त ? मान्छे मार्ने शोषण गर्ने राणा शासनहरुका सालिकहरु भने टुडिखेलमा सानले बसेका छन् । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्रका आवश्यक भन्दा धेरै सालिकहरु ठाउँ ठाउँमा ढडिएका छन् । मनगडन्ते कुरा गरेर अत्तो थाप्ने नेवारहरु ले शङ्कघर शाख्वाको सालिक ठडाएका छन् । टंक प्रसाद आचार्य, मदन भण्डारी, मनमोहन अधिकारी पुष्पलालहरुका पनि सालिक ठडाएका छन् । जसले यो माटो दियो घरती दियो सिङ्गो राष्ट्र निमार्ण गर्यो तिनीहरुको सालिक खोइ ? वीर बलभद्रको सालिक खोइ ? खोइ भक्ति थापा, अखिल कान्तिकारी विद्यार्थी संगठनको अफिसमा मात्र होइन एमाले माओवादी आदिका केन्द्रीय कार्यलयमा हेरौ त ? तिनै विदेशीका लाल अनुहारहरुका फोटा टाँसेका हुन्छन् र तिनै विदेशी महापुरुषका फोटा ठिक तल मुठि कस्तछन् बामपन्थी नेता भनाउँदाहरु लाल सलाम भनेर । नेपालका कम्यूनिष्ट मात्र होइन नेपाली कांग्रेस, राजावादी दलहरु पुर्वपन्चका पार्टीहरुले समेत यो देशको राष्ट्रियता बुझ्न सकेको छैन् । हाम्रा नेताहरुका टाउका माथि नै विदेसीहरु बसेका छन् भने राष्ट्रको हितमा कसरी उनीहरुको ध्यान जान सकछ ? उनीहरुको खुन मै विदेशी तत्व छ भने कसरी यो देशमा राष्ट्रवादीहरु जन्मीन्छन् ? यो देशको हितका लागि स्र्वाथका लागि कसरी काम गर्न सकतछन् । यहाँ जसले राष्ट्रियताको कुरा गर्छ, देश भक्तिको कुरा गर्दह त्यो प्रतिगामी हो यथास्थितिवादी हो । शरिर बेच्ने बेस्यालाई उसको अस्मिताको कुरा गर्दा उ रिसाउछे । विद्रोह गर्न सुरु गर्छ र आकामक भई प्रतिवाद गर्न सुरु गर्छ । लाग्छ यो देशमा देशभक्ति, राष्ट्रवाद मरिसकेको छ । यहाँ माथि उल्लेखित फलन एन्जेलका सन्तानहरुले जस्तै काम गरिरहेको छ ।
पंचायतमा नानीमैया दहाल जस्तालाई उठाएर जिताउने कुन तत्व थियो? आज रौतहट क्षेत्र नं. १ बाट बब्वन सिहं भन्ने खुङकार अपराधिलाई कुन तत्वले उठायो र जितायो ? माओवादीमा ज्यान मार्नेहरु मध्ये कतिले जितेका छन् ? यो सभासदको आकृति कस्तो देखिएला त ? यहाँ राम्राहरुले पनि जितेर आएका छुन । ज्यानमाराहरुले पनि । विदेशी शत्ति केन्द्रहरु यसपल्टको संविधान सभाको चुनावमा कसरी परिचालित भए त्यो हाम्रो खोज अनुसन्धानको विषय छ । तर कृष्ण प्रसाद सिटौला हार्नू नेपाली कांग्रेस पार्टीका लागि राम्रो हो । पार्टीलाई हराउन उनले खेलेका भुमिका नै काफि थियो । नेपाली कांग्रेसका महामन्त्रीद्धय श्री कुल बहादुर गुरुङ्ग, डा. राम बरण यादव जस्ताले जित्नु देशको लागि राम्रो हो । ने.का. पार्टीले यस्ता व्यक्तित्वलाई अगाडि बढाउनु पर्छ। नेपाली कांग्रेस आफ्नो मान्य मुल्यता र सिद्धान्तमा अडिग हुनु पर्छ । देश भक्तहरु अगाडि बढ्नु पर्छ । माओवादी सिद्धान्त र कृयाकलापको विपक्षमा बस्नु पर्छ । विस्तारै ने.का. कै सिद्धान्तमा माओवादी फस्न पनि सक्छ । हालै नेपाली कांग्रेसको अर्थनिति ( पूजीवादी अर्थतन्त्र) फलो गर्ने भनी सकेको छ । देश चलाउन अरुका अन्नका भकारी फुटाएर लुटे जस्तो होइन । गा.वि.स. भवनहरु बलमे उडाए जस्तो सजिलो छैन । विदेशीका सर्तहरु सामु कसरी माओवादी घुँडा टेकतछ त्यो हेर्न बाँकी छ । भारतले उसलाई छुलछुल मुताएर काम गराउने छ हामी रमिते भएर हेर्नु मात्र पर्दछ । उदाहरणका लागि हालै डा. बाबुराम भट्टराई र कामरेट प्रचण्डले राजा र राजतन्त्र प्रति अलि नरम र लचक भएर प्रस्तुत भएको लगत्तै माओवादीका राजा बहादुर थापा (बादल) राजतन्त्रको कुनै पनि अवषेस हामी राख्तैनौ भने । यसपछि प्रचण्डले यसपछि नै बोलि फेरि हाले । विदेशी तत्वको गन्ध यहाँ देखिएनत ? विदेशी तत्व नेपालमा शान्ति मेलमिलाप, स्थिरता र सफल राष्ट्र भएको देख्नै चाहदैन । तर पनि एउटा कुरा चाँही सत्य छ माओवादी पार्टि भित्र एउटा देश भक्ति समुदाय छ। हेरौ उनीहरु कसरी नेतृत्व तहमा आएर देशको नेतृत्व गर्दछन् ।
एमाले पार्टि बढो गजबले यलपल्ट हायो। कारण सबैलाई थाहा छ । सुरुका दिनहरुमा एमालेका नेता तथा कार्यकर्ताहरुले मानिसहरुलाई सुनको विहानी देखाइ दिए । गरिवहरु सबैलाई एक तोला सुन काठमाडौंमा ४ आना जग्गा तराईमा २ विधा यसरी नै पहाडमा पनि । तर जितेर सत्तामा पुगे पछि त परालको लोती बनाएर चप्पलमा हिड्नेहरु त काठमाडौंमा आलिसन घर, पजेरो प्राडो सुरा सुन्दरी। आहा ! सुनको विहानी त याइहाल्यो नि । अरु गरिब मजदुर सर्वसाधारण जनताहरु खैलास् भए । रडी नै भयो ।
एमाले र कांग्रेस राजालाई गालि गर्न मै ब्यस्त भए । चुनावको समयमा मात्रै आफ्नो गाँउ गए अनि जनताले पत्याउँछन् यी स्वार्थी मतलबी नेताहरुलाई । गिरिजा प्रसाद कोइराल परिवारका एकजना बाहेक सबै परिवारका सदस्य हारेका छन् यो बास्तवमा गिरिजाको हार हो । गिरिजाको दम्म चकनाचुर भएको छ । वास्तवमा गिरिजा प्रसाद कोइरालाकै कारणले नेपाली कांग्रेसले धेरै क्षति व्यहोरीरहेको छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने प्रवृतिले देशले ठुलो मार खाइरहेको छ । माओवादीले यसपल्ट गिरिजालाई राजातिरको हाउगुजी देखाएर लड्डू क्वाप्पै खाइदिए। अनि त गिरिजा बाबु हेरेका हेरै ।
धाँधली पनि दुइ किसिमका हुँदा रहेछन् । एउटा देखिने अर्को नदेखिने । नदेखिने धाँधली यो बैज्ञानिक पनि छ । चुनावको सुपरभिजन गर्न आउने विदेशीहरु चुनाव बारे कमेन्ट गर्दै भन्दछन् । नेपालको संविधान सभाको चुनाव धाँधली रहित छ । डलर पचाउनु थियो पचाइ हाले बस सकियो । नदेखिने धाँधली भने कस्तो हुँदो रहेछ भने एकपल्ट म लगनखेलको चिया दुकानमा चिया खाँदा त्यहाँ चोर पाकेटमारहरुको कुरा भयो । कुरा गर्दागर्दै एउटा तरकारी पसल हेर्ने सुरक्षा गार्डले भन्यो। अहिले त चोर पनि कस्ता हुँदा रहेछन् । एउटा चोरले हेर्दा हेर्दै अर्को मान्छेको दुई लाख रुपिँया भवाम बनायो । कसरी भन्दा चोरले त्यो मानिसलाई हेरी रह्यो । अनि कहिले माया गर्छु भन्छ रे। कहिले काटछु भन्छ रे। कहिले मार्छ रे भन्छ रे । कहिले तलाई पैसा पैसाले पुर्छु भन्छ रे । यत्तिकैमा पैसा वालाले उसले दिएको गिलासको पानी खाई पनि सक्यो । उसलाई पैसा दिउँ दिउँ जस्तो लाग्यो अनि यसरी २ लाख रुपिया पनि दियो रे । पैसा लिएर चोर टाप । चुनाव त भयो, बुथमा सबै आफ्ना मान्छे अरु सबै डाडाँपारी कटाइसकिएको छ । मतदाताले गोलाकार भित्रको हँसिया हथौडालाई हेर्यो । माया पिरती कुराकानी पनि भए। एक छिन पछि धम्कीपूर्ण आकाशवाणीहरु मतदाताका कानमा थीपरिन थाले । मतदाताहरु यता उता हेरे कोही छैन एकदम सन्नाठा छ फेरी आकाशवाणी भयो । यसपल्ट भोट हसिया हथौडालाई । नत्र !!!
जनसंचार साप्ताहिकमा मिति २०७४ साल पुस २९ गते प्रकाशित