डिपीनेट नेपालले भव्य रूपमा मनायो आफ्नो ३० औँ वार्षिकोत्सव

ललितपुर/ २५ जेठ : विपद पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेट नेपाल) ले आफ्नो ३० औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
सन् १९९६ मा स्थापना भएदेखि नै नेपालमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको यस संस्थाले आज सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनसुनको पूर्वानुमान, लुको जोखिम, चट्याङबाट बच्ने उपाय (सुरक्षा) र सहरी उत्थानशीलताका विषयमा प्राविधिक प्रस्तुतीकरणहरूका साथै छलफलहरु गरेको हो।
डिपीनेटका अध्यक्ष बसन्तराज अधिकारीले संस्था आफ्नो अर्को दशकमा प्रवेश गर्दै गर्दा देशभरि नै साझेदारी सुदृढीकरण, ज्ञान आदानप्रदान, नवप्रवर्तन, र समुदायको नेतृत्वमा हुने उत्थानशीलताका लागि प्रतिबद्ध रहेको सन्देश सहित अगाडि बढ्न तत्पर रहेको जानकारी गराउनुभयो।
“तीन दशकको यस ऐतिहासिक यात्राले विपद् व्यवस्थापन, जलवायु उत्थानशीलता र सरोकारवाला निकायबीचको सहकार्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै यस अवसरमा विभिन्न नीतिगत संवाद तथा कार्यक्रमहरू आयोजना गरिएको हो,सरकारी निकाय, गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घका निकायहरू र शैक्षिक क्षेत्रका १ सय ९१ भन्दा बढी संस्थाहरू आबद्ध रहेको यो सञ्जालले आपत्कालीन उद्धार तथा राहतका बेला दोहोरोपन हटाउन महत्वपूर्ण समन्वय गर्दछ।” अध्यक्ष अधिकारीले भन्नुभयो।
कार्यक्रममा सम्पूर्ण समाजको सहभागितामूलक अवधारणा मार्फत विपद् पूर्वतयारी तथा जलवायु उत्थानशीलतालाई सुदृढ बनाउने विषयमा समूहगत अन्तरक्रिया सञ्चालन गरिएको थियो।

विपद पूर्वतयारीका क्षेत्र राष्ट्रिय बहस, नीतिगत पैरवीका साथै विभिन्न संघसंस्थासंग सहकार्य, विज्ञानमा आधारित सूचना प्रविधि, नीति निर्माण तहमा तथ्यांक र विज्ञानको प्रयोगमा डिपीनेट नेपालको जोड रहने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

डिपी नेटले अबको समयमा यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरुलाई एकताबद्ध गर्दै अगाडि बढ्ने योजना रहेको उहाँले जानकारी गराउनुभयो।

More From Author

देशको समृद्धिका लागि योगदान गर्छु भन्ने सोचका साथ कानून निर्माण र कार्यान्वयनमा लाग्नुहोला – मन्त्री गौतम

६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *