एनआईसी एशिया बैंकको साधारणसभाले दियो २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति

ललितपुर/ १८ जेठ, एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । बैंकको सोमबार बसेको साधारण सभाले यस्तो स्वीकृत प्रदान गरेको हो ।

काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्तकुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्यकुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपाप्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

More From Author

पूँजीगत खर्चभन्दा ५० प्रतिशत बढी ऋण थपेर ल्याइएको कमजोर धरातलको महत्काँक्षी बजेट : सहमहामन्त्री राणा

खेलकुदका माध्यमबाट राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने – राष्ट्रपति पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *