गाउँ पर्यटनका ‘पिता’ गुरुङका नाममा उद्यान
गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा यहाँ स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबासका ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा उद्यान निर्माण हुन लागेको हो । गुरुङको अगुवाइमा विसं २०५४ मा स्याङ्जाको…
मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको…
पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने
पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउनसके पर्यटकको बसाईं लम्याउने योजनासहित पोखराका पर्यटन व्यवसायीहरूले पोखराका…
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८÷१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच…
महिला पर्यटन व्यवसायी सामूहिक तस्बिर
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा गुरुङ पोसाक लगाएका महिला पर्यटन व्यवसायी सामूहिक तस्बिर ।
गणेशपुरपार्कमा पर्यटकको घुइँचो
दाङको तुलसीपुर–७ गणेशपुर स्थित राप्ती शान्ति उद्यानमा दिनहुँजस्तो भीडभाड हुन्छ । टिकटक बनाउनेहरु हुन् या अवलोकन गर्नेहरुका कारण दैनिकजसो यहाँको पार्क भरिभराउ हुन्छ । गेटबाट प्रवेश गरेलगत्तै देखिने शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति हेर्न पनि उत्तिकै घुइँचो लाग्ने गर्छ भने…
धार्मिकस्थलमा पर्यटकको सङ्ख्यामा वृद्धि
बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ…






