एक्सनमा गृहमन्त्रि रवि: अनुगमन गर्न पुगे राहदानी विभाग
उपप्रधानमन्त्रि एवं गृह मन्त्रि रवि लामीछाने अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन्। उनले राहदानी बनाउने सेवाग्राहीले रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता बारे आलोचना गर्दै उक्त विभागमा अनुगमन गर्न पुगेका हुन्। यसअघि उनले पत्रकारिता माध्यमबाट राहदानी बनाउने सेवाग्राहीहरुले खेपेको…
नेता बन्न आकांक्षी बढी भएपछि मधेस प्रदेशमा दलको नेता छान्न सकस
संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले…
बाक्लो हुस्सुले ढाकियो चिन मुख्य सडक, एकै पटकमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त
चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार,…
निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ ।…
कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारीहरु
कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु ! नेपालमा यस्ता कर्मचारी पनि छन् जो…
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच खुमलटारमा भेटवार्ता
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष…
सप्तरीमा आगोले जलेर एक वृद्धको मृत्यु
सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी…
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी…
प्रकृतिका कुचीकार–गिद्ध लोप हुने अवस्थामा: अहिले पर्यावरणका लागि ठुलो खतरा
चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई…
बागलुङ केन्द्रविन्दु भएर आज तीनपटक भूकम्प
बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु…









