दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको बाँकी जेल सजाय मिनाह
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’…
अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील…
‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’
सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ– दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ । सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै…
बैंकिङ कसूर मुद्दाका फरार ४ जना प्रतिवादीहरू पक्राउ
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक…
आज हल्का हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा…
सूर्यविनायकमा आगलागी: पाँचमहिने शिशुको मृत्यु
सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ । रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…
गृह प्रशासन सुधारमा प्रभावकारिता–गृह मन्त्रालय
गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ स्वीकृत गरी जिल्ला प्रशासन कार्यालयहरूको सूचकमा आधारित एकीकृत अनुगमन तथा मूल्याङ्कन ढाँचाबमोजिम अनुगमन गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयमा आज आयोजित गृहमन्त्री निवर्तमान बालकृष्ण खाणको बिदाइ कार्यक्रममा मन्त्रालयले २८ वटा जिल्ला…
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नुभएको छ । यस्तै, उपप्रधानमन्त्री एवं…
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो…
नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो
नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि…









