युवा आलोक

Online News Portal

Month: December 2022

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी हुँदै

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले…

‘नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्’

निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने…

ऐतिहासिक धरोहरको दरबार हाई स्कुलमा विद्यार्थीको आकर्षण

कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा अहिले विद्यार्थीको चाप बढेको छ । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना…

भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण गाउँ पुग्यो नवदुर्गा गण

भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने नाच ३३ वर्षपछि पुनरागमन भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा केही वर्ष स्रोत अभावमा बन्द थियो । यसवर्ष…

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउनुभएको छ । छयालिस वर्षीय उहाँले गाउँमै कोइला उद्योग चलाउनुभएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा…

धुवाँ फ्याक्ने गाडीहरुको जाँचलाई उपत्यकामा कडाइ

वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे…

महान्यायाधिवक्ताको पदमा दिनमणि पोखरेललाई नियुक्ति गराउने सरकारको तयारी

वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल अब सरकारको महान्यायाधिवक्ताको पदमा नियुक्ति हुने भएका छन्। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आज अधिवक्ता डा.पोखरेललाई सरकारको महान्यायाधिवक्ताको पदमा नियुक्ति गराउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नियुक्ति सिफारिस पेश गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने…

सर्लाहीमा मात्रै सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी…

एक सय चार वर्षीय दाहाल सम्मानित

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएका उहाँलाई सम्मान गरिएको हो…

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो : प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील…