युवा आलोक

Online News Portal

राजनीति राष्ट्रिय समाचार

महान्यायाधिवक्ताको पदमा दिनमणि पोखरेललाई नियुक्ति गराउने सरकारको तयारी

वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल अब सरकारको महान्यायाधिवक्ताको पदमा नियुक्ति हुने भएका छन्। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आज अधिवक्ता डा.पोखरेललाई सरकारको महान्यायाधिवक्ताको पदमा नियुक्ति गराउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नियुक्ति सिफारिस पेश गरेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ। साथै प्रचण्ड निकट पोखरेल महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिन लागेका छन्।

यस्तै पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी रहेको जनाइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *