जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक
गायक तथा भिलेज भ्लगर भुवन सिं थापाले निर्देशन छायांकन र सम्पादन गरिएको जान्छु प्यारी बोलको एकल लोकगीत भिडियो सार्बजनिक भएको छ । नवगायक चम थापा मगरको स्वर शब्द र लयमा तयार भएको गित परदेशिको कथामा आधारित छ । गितको छायांकन…
नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने
कावासोती, फागुन १३ गते । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती–१६ डण्डामा जारी नवलपुर महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ लगायतका जातीय घटकहरु उपस्थित नहुने भएका छन् । उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दा आदिवासी जनजाति लगायतको भेषभुषा,…
नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक
नवलपुर,फागुन १२। नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केशबराज सिग्देल बिगत लामोसमयदेखि स्वासप्रस्वास सम्बन्धि रोगबाट ग्रसित थिए…
मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क
कावासोती,नवलपुरको कावासोती १६ मा जारी आठौ नवलपुर महोत्सवमा फागुन १५ गते परेको मगर दिवसको अवसरमा मगर समुदायहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको नवलपुर उद्योग बाणिज्य संघ सचिवालयले जनाएको छ । फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौ नवलपुर…
मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदार बाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगंजको गोरखपुर वस्ने वर्ष ५५ का जगदिश यादव लडी बेहोसी…
८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने
कावासोती । कावासोती-१६ डण्डामा गत माघ २५ गते देखि सन्चालन भईरहेको ८ औं नवलपुर महोत्सव फागुन १७ गते सम्म सन्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलका अनुसार यस अघि फागुन १० सम्म सन्चालन हुने भनिएको…
कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै
नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन २२ देखि २४ गतेसम्म मध्यविन्दु–७ को नवजागरण माविको प्राङ्गढमा महोत्सव हुने नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नवीनतम कृषि प्रविधि…
कावासोतीमा फोहोर उठ्न छाड्यो
नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न छाडेको छ । कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई…
बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ
नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न । नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना…
कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग
नवलपुर,फागुन २ । हृदयघातका कारण ज्यान गुमाउनु भएको नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष तबारक मियाको परिवारलाई आज कावासोती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कावासोती नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले उठाएर ५…








