युवा आलोक

Online News Portal

विज्ञापन-सम्पर्क समाचार

पाँच फार्मलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा हेटौँडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिवाना गरेको हो ।

उहाँका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी–कमजोरी पाइएपछि कारबाहीस्वरुप जरिवाना गरिएको हो ।

हेटाँैडा बजारमा रहेका र कारबाहीमा परेका आँगन स्वीटस् एण्ड फास्टफुडलाई रु २० हजार, राजधानी स्वीटस्लाई रु २० हजार, अल्फा डेन्टललाई रु पाँच हजार, इपिपी जनरल अर्डर सप्लायर्सलाई रु १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई रु १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुमतिविपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरे जानकरी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४ व्यावसायिक फार्मको अनुगमन भएको थियो । तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११ , अस्पताल तथा स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई हार्डवेयर पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा विषयगत कार्यालय, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासङ्घ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *