युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

रानीवनमा थारुग्राम

दङ्गीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । बयासी बिघा जमिन रहेकोे रानीवनको उत्तर र पश्चिम क्षेत्रमा उक्त ग्राम तथा पार्क निर्माणले पूर्णता पाउन लागेको छ ।
थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब दुई करोड लगानीमा उक्त ग्राम तथा पार्क निर्माण थालिएकोे हो । निर्माणको चरणमै रहेको सांस्कृतिक पार्क तथा ग्राममा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री, थारु परिकार, पिकनिक स्पटलगायत सामग्री राखिने राख्ने तयारी भएको छ । थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नाका साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, सङ्कलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउने उद्देश्यले सांस्कृतिक ग्राम निर्माण गरिएको उक्त गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभयो ।

यस गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको उहाँको भनाइ थियो । “थारु राजा दंगीशरणको दरबार दङ्गीशरण पालिकासँग जोडिएको सुकौराकोट पनि नजिकै छ”– पूर्व अध्यक्ष चौधरीले भन्नुभयो– “यही वडामा थारु सांस्कृतिक सङ्ग्रहालय छ, यी दुबै क्षेत्रलाई जोडेर लान सकिए दङ्गीशरण छिट्टै पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ ।”

यसलाई कसरी व्यवस्थित, प्रभावकारी बनाएर कार्यान्वयनमा ल्याइने कुराले महत्व राख्ने उहाँको धारणा थियो । गाउँपालिकाको पहल र लुम्बिनी प्रदेश सरकारको सहयोगमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । यस कार्यका लागि गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेकामा ग्रामको भवन निर्माणका लागि हालसम्म करिब डेढ करोड र पार्क निर्माणका लागि जनश्रमदानसहित ५५ लाख खर्च भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दङ्गीशरणमा निर्माण गरिएको थारु सांस्कृतिक ग्राम तथा पार्कको अधुरा कामलाई पूर्णता दिएर थप व्यवस्थित बनाइने बताउनुभएको छ । “दङ्गीशरणमा एउटा नमूना सांस्कृतिक ग्राम र पार्क आवश्यक छ नै, त्यो करिब–करिब सम्पन्न भएको छ”– उहाँले भन्नुभयो–“बाँकी अधुरा काम प्रदेश सरकारसँग समन्वय गरेर पूर्णता दिन्छौँ ।” अध्यक्ष गिरीले सांस्कृतिक ग्रामका लागि भवन र पार्कमा ३० वटा सिमेन्टका कुर्सी, पार्कभित्र एक किलोमिटर गोरेटो बाटोमा चारैतिर ब्लक विच््याइएको र पिकनिक स्पट निर्माण गरिएको जानकारी दिनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *