युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

कुमारी बैंकको सेवा अब शंखारापुरमा पनि, नया शाखाको गरियो आज उद्घाटन

कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश काठमाण्डौको शंखरापुर नगरपालिका-९ इन्द्रेयणी विस्तारित (एक्सटेन्सन काउन्टर) आलापोट शाखा संचालनमा ल्याएको छ । बैंकले विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीय ग्राहक वर्गहरुलाई सहज र सर्वसुलभ रुपमा बैंकिङ्ग सेवा पु-याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ ।

आज सोहि विस्तारित शाखाले एक उद्घाटन समारोह आयोजना गरि बैंकलाई औपचारिक रुपमा संचालनमा ल्याइएको आलापोट शाखाका प्रबन्धक अनिल ढकालले जानकारी दिनुभयो। उहाँको अनुसार ग्राहक वर्ग तथा स्थानीयबासीहरु बढी लाभान्वित गर्ने लक्ष्यसहित शंखरापुर वडा नं ९ का जनताहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरि बैंकिङ सेवा प्रदान गरिने छ।

यस्तै आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु-याउने योजना बनाएको शाखा इन्चार्ज किरण भट्टराईले उल्लेख गर्नुभयो। साथै कुमारी बैंकले ग्राहक वर्गलाई उच्चतम ब्याज प्रतिफल संगै कृषि कर्जा, घरेलु तथा साना उद्योग कर्जा, विपन्न वर्ग कर्जाका साथै अन्य कर्जाहरु समेत सहज र सर्वसुलाभ रुपमा कर्जा प्रवाह गर्दै आएको समेत उहाँले बताउनुभयो।

विस्तारित आलापोट शाखा उद्घाटनमा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं ९ का अध्यक्ष सहदेव श्रेष्ठ, कागेश्वारी मनोहरा वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल र कागेश्वारी मनोहरा वडा नं ४ का वडा अध्यक्ष विजय श्रेष्ठ(धन) लगायतको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस्तैगरी उक्त बैंकले विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९८ शाखा संजाल, १७७ एटिएम, १४ विस्तारित काउन्टर लगायत ५३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा दिंदै आएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *