युवा आलोक

Online News Portal

खेलकुद समाचार

नवौँ राष्ट्रिय साइक्लिङ प्रतियोगितामा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज सम्पन्न भएको छ । साइक्लिङका चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा विभागीय खेलाडीले वर्चस्व राखेका छन् । त्यसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकी प्रदेशले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकतर्फ भने एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ ।

विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरी नेपाल आर्मीले डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक गरी चार स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रिमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *