युवा आलोक

Online News Portal

समाचार

सुकुम्बासी बस्तीमा महानगरको डोजर चलेपछि भयो ढुंगामुदा प्रहार

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछि अहिले तनावको अवस्था सृजना भएको छ। सोमबार दिउसो ३ बजे महानगरको डोजर चलेपछि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरि उक्त स्थान तनावग्रस्त भएको हो ।

उनीहरुले आफ्नो सुकुम्बासी बस्तीमा डोजर चलाउन नदिने भन्दै ढुंगामुदा प्रहार गरेका थिए। सोहि ढुंगाको बिचमा काठमाण्डौ महानगर प्रहरीको टाउकोमा चोटपटक लागेको बताइएको छ। सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

अहिले उक्त झडपलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जनाएको छ।

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *