युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका बीचमा तीन सय १७ मतान्तर रहेको छ ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *