युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण

जिल्लाको भानु नगरपालिका–७ वसन्तपुरस्थित धार्मिकस्थल थानीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ ।

उक्त मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र फूलको डोली भित्र्याउन भीड नै लाग्ने गरेको छ । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “साउना महिनाबाहेक प्रत्येक महिनाको मङ्गलबार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समय भक्तजनको भीड लाग्ने गरेको छ । ”

गत मङ्सिर महिनाको अन्तिम मङ्गलबार ४५ फूलको डोली भित्र्याइएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याएका हुन् ।
अध्यक्ष थापामगरका अनुसार विशेष गरी सोमबार सत्यनारायण पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिक महिनादेखि माघ महिनासम्म भक्तजनको भीड नै लाग्ने गर्दछ । उक्त मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेक अन्य समयमा पूजाअर्चना निरन्तर हुने गर्छ ।

पछिल्ला समय थानीमाई मन्दिर जाने नयाँ सडक खुलिसकेका छन् । सडक खुलेसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा तीन पटक नाचगान गर्दै परिक्रम गर्छन् । परिक्रमपश्चात् माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएका तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।

त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गर्ने गरिन्छ । झण्डै चार सय ५० वर्ष अघि भानु नगरपालिका–७ स्थित कोटथोकमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि हाल मन्दिर रहेको स्थानमा ओत लाग्दा अन्र्तध्यान भएको जानकार बताउँछन् ।

स्थानीय मानसिं पाटा मगरको सपनामा उक्त स्थानमा मन्दिर बनाएर पूजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना गरेपछि समस्या समाधान भएको किंवदन्ती रहेको पाइन्छ । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस मन्दिरबाट छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका विभिन्न जिल्लाका मनोरम र हिमशृङ्खला दृश्य अवलोकनसमेत गर्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको यस मन्दिरको पुनःनिर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयबाट रु चौध लाख र मन्दिरको भेटीबाट रु छ लाख गरी रु बीस लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो । विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चन सुरुआत भएको बताइएको छ । उक्त मन्दिर जिल्लाको डुम्रे बजार स्थित पृथ्वीराजमार्गबाट करिब १८ किलोमिटर दूरीमा पर्दछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

समाचार

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित हुनुभएको हो । दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित हुनुभयो । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित हुनुभएको हो । कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नारायणी अस्पताल आइतबारसमेत सञ्चालनमा नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएक हो । सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमितरूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने अस्पताल प्रशासले जनाएको छ । इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।