युवा आलोक

Online News Portal

राजनीति समाचार

भारतमा कोरोना बढ्ने क्रममा: एकको मृत्यु, चार जनामा कोरोना संक्रमण पुष्टि

केहि समय यता कोरोना भाइरसले भारतमा पुन: महामारीको चिन्ता थपेको छ। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धिपछि भारतमा पनि उक्त महामारीले चिन्ता थपेको हो।

कोरोना भाइरस पुन: देखिएपछि अहिले भारतमा कोरोनाको अवस्था र तयारीको बारेमा केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च स्तरिय बैठकको समेत आह्वान गरेका छन्। साथै धेरै जसो राज्यमा महामारी सम्बन्धि सतर्कता अपनाउन चासो पनि देखाएका छन्।

भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार भारतमा बिहीबार मात्रै १ सय ८५ जनामा ​​कोरोना भाइरस संक्रमण देखिएको भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’ उल्लेख गरिएको छ। अहिले भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्।

यस्तैगरि कोरोनाका कारण बिहीबा भारतमा एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको बताइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *