युवा आलोक

Online News Portal

समाचार

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६८ वर्षीय व्यक्ति पक्राउ

ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चम्पादेवी गाउँपालिका-३ सिल्कु बेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगरलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्र बहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही ठाउँस्थित खेतको मतान घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *