युवा आलोक

Online News Portal

समाचार

पाल्पामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पाल्पामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ। तिनाउ गाउँपालिका-१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *