युवा आलोक

Online News Portal

राजनीति समाचार स्थानीय खबर

मेयरको उम्मेदवार बनेका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाआफूले जित्नेमा विश्वस्त

काठमाडौं, बैशाख २२स्थानीय चुनाब माहोल निकै बढिरहेको यो समयमा सबै स्थानीय निकायका उमेदवारहरु आफ्नो पार्टीको एजेन्डा लिए घर घर मा मतदातासँग भेटघाट गरी मत माग्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले मतदाता भेटघाटलाई घरदैलो कार्यक्रमलाइ तीव्र पारेका छन् कागेश्वरी मनोहरा नगरपालिकाकाको नेकपा एकीकृत समाजवादीको सम्पूर्ण उमेदवारहरु यो समयमा एकदमै क्रियाशीलता का साथ आउदै गरेको स्थानीय चुनाब को प्रचारप्रसार तथा घरदैलो कार्यक्रम मा लागि परेको देखिन्छ जसमा मेयरको उम्मेदवार बनेका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा दिनरात नभनी प्रचारमा खटिन थालेका छन्। मेयरका लागि उम्मेदवारी दिएदेखि घरदैलो कार्यक्रममा सक्रिय बनेका मेयर कृष्णहरि थापा कागेश्वरी मनोहराको हरेक वडावडा मा घरघरमा पुगेर उनले आफूसहित आफ्नो टिमलाई जिताउन अपिल गरेका हुन् पार्टीले मेरो बर्षको कामको मूल्यांकन गरि मलाई तपाईहरूको सेवा गर्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पुनः नगर प्रमुखको उम्मेदवार बनाएकोमा मलाई कलम चिन्हमा मतदान गरि बिजयी गराई पुन: सेवा गर्ने अवसर प्रदान गर्न सबैमा हार्दिक अनुरोध गर्दछु, उम्मेदवार थापाले भने ।उनले आफूले अघिल्लो कार्यकालमा गरेका कामको मूल्यांकन गरेर आफूलाई भोट दिन पनि अपिल गरेका छन् प्रचारप्रसार घरदैलो कार्यक्रममा सक्रियतापूर्वक लागेका थापा आफूले जित्नेमा विश्वस्त देखिन्छन्

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *