युवा आलोक

Online News Portal

समाचार

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० व्यक्ति घाइते

थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति ११ः३० बजे आगलागी भएको जनाएको छ ।

एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करिब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ उल्लेख गरिएको छ ।

अनलाइनमा शेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपहरूमा मानिसहरू जलिरहेको भवनबाट हामफालेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र विदेशी नागरिक थिए ।

थाइल्याण्डको विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले स्थानीय अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेका छन् र घाइतेहरूलाई थाइल्याण्डको सा कायो प्रान्तका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ ।

अधिकारीले भने, “अग्नी नियन्त्रकहरूले थाई पक्षबाट दमकलहरू पठाएर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

थाइल्याण्डको उद्धार समूह रुअम्कातान्यु फाउन्डेसनका एक स्वयंसेवकका अनुसार आगो पहिलो तल्लाबाट सुरु भएको थियो तर गलैँचासँगै चाँडै भवनभरी फैलिएको थियो ।

ग्रान्ड डायमन्ड सिटी थाईल्याण्ड र कम्बोडियाली सीमामा सञ्चालित केही प्रसिद्ध क्यासिनो–होटल मध्ये एक हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *