युवा आलोक

Online News Portal

समाचार

अपहरणमा परेको भन्दै नाटक गरि प्रहरीलाई झुक्याउने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका-५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया रहेका छन्। साथै काभ्रे खानिखोला गाउँपालिका-१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका-६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेको प्रहरीले जनाएको छ।

उक्त रिसोर्टको अगाडि मानिस अपहरण भएको सूचना प्राप्त भएपछी तत्काल काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

अहिले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *