युवा आलोक

Online News Portal

समाचार

भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो: १ लाख भन्दा बढी उद्धारकर्मीहरू परिचालित

टर्कीमा मृतकको संख्या बढेर १७ हजार ६ सय ७४ पुगेको छ। अधिकारीहरुको अनुसार टर्की र सिरियामा मर्नेहरूको संख्या बढेर २१ हजार ७ सय पुगेको छ, जुन सन् १९३९ यताकै सबैभन्दा ठूलो भूकम्प हो।

संयुक्त राष्ट्रसंघले बिहीबार विपक्षी नियन्त्रित सिरियामा आफ्नो पहिलो सहायता काफिला पठाएको छ। तीन दिन अघि यस क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। यो विनाशकारी भूकम्प एउटा प्राकृतिक प्रकोप जसले २० हजार भन्दा बढी मानिस ज्यान लिएको छ। शुक्रबारको तथ्याङ्क अनुसार 3 हजार ३ सय ७७ थपिएका छन्।

यस्तैगरी सिरिया र छिमेकी टर्कीमा लाखौं मानिसहरु घरबारविहीन भएको छ। टर्कीमा यसलाई सन् १९३९ यताकै सबैभन्दा भयानक भूकम्प रहेको अधिकारीहरूले बताएका छन् ।

अहिले उद्धारकार्यमा ट्रकको अभाव, अवरुद्ध सडक र अन्य सामाग्री अवरोधहरूले टर्कीमा पीडितहरूको खोजी गर्न, मृतकहरूलाई गाड्न काम गरिरहेका १ लाख भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा बाधा पुऱ्याइरहेको जनाइएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *