युवा आलोक

Online News Portal

राजनीति समाचार

प्रधानमन्त्रि प्रचण्डले कांग्रेसलाई समर्थन गर्न नमिल्ने अध्यक्ष ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्।

उहाँको निजी निवास बालकोटमा आयोजित जन्मदिनको अवसरमा बोल्दै पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका हुन् ।

यस्तै उहाँले कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू बताउँदै सत्ता गठबन्धन नटुट्ने समेत उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘प्रचण्डजीले अहिले कांग्रेसलाई समर्थन गर्न मिल्दैन । गर्नै हुँदैन हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ” फेरि उहाँले थप्नुभयो, “प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ ?, उहाँले त्यस्तो गर्दै गर्नुहुन्न, गर्न मिल्दैन।”

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *