युवा आलोक

Online News Portal

समाचार

बसको ठक्करबाट एनएनटिभीको एक पत्रकारको मृत्यु

बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

बुटवलमा सवारी दुर्घटनामा परि एनएनटिभीका एक पत्रकारको मृत्यु भएको छ। शनिबार राति बुटवलको मिलनचोकमा बसको ठक्करबाट मोटरसाइकल चालक पत्रकार मनोज हितंगाको मृत्यु भएको हो।

शनिबार राति लु८प ९०६८ नम्बरको मोटरसाइकलमा सवार हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले ठक्कर दिएको थियो। दर्घटनामा परि गम्भीर घाइते भएका हितंगाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ।

रुपन्देहीका घर भएका हितंगालाई राति ११ बजे उक्त बसले ठक्कर दिएको थियो। साथै उनि एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए।

हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *