युवा आलोक

Online News Portal

समाचार

एक किशोरी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेका छन्।

उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको थियो। यस्तै उनले फागुन ७ गते राति ती किशोरीलाई आफ्नै कोठामा लागि जबरजस्ती करणी गरेको भन्दै उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। थापालाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेको थियो।

अहिले थापामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *