युवा आलोक

Online News Portal

हेडलाइन

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाणको निलम्बनबारे निर्णय हुनसक्ने

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ। बैठक आज दिउँसाे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बस्नेछ।

बुधबार साँझ बसेकाे बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियाे। तर पार्टी निष्कर्समा भने पुग्न सकेकाे थिएन।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने अडान राखेकाे एक नेताले जानकारी दिए।आजकाे बैठकले खाणको निलम्बनबारे निर्णय गर्नसक्ने बताइएको छ। यता, नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *