युवा आलोक

Online News Portal

हेडलाइन

नवलपुरको अरुणखोलाबाट पाल्पा गएको जिप दुर्घटना हुदा २ जनाको मृत्यु १३ घाईते । हार्दिक श्रद्दाञ्जली

नवलपुरको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–३, खादरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो । दुर्घटनामा परेर निस्दी गाउँपालिका वडा नं ४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमईको मृत्यु भएको हो ।

घाईतेहरुमा पाल्पा निस्दी गाउँपालिका वडा नं ४ का धामिसरा सुनारी, माया खङगा, नुरेस खाम्चा, ईसानि गाहा, सहिरा गाहा, दरिमा मश्राङ्गी, हिरा खङगा बनि सुनारी,सुर बहादुर सोमाई, कुसुम सारु थापा, मनिका सारु, हेमसरी घर्ती, खुमबहादुर सोति रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाईते मध्ये धमिसरा सुनारी र कुसुम सारु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने दुर्घटनामा घाईते मध्ये दुई जना नाबालक समेत रहेका छ्न । घाईतेहरुको नवलपुरमा उपचार भैरहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *