युवा आलोक

Online News Portal

पर्यटन बजार भिडियो राष्ट्रिय शिक्षा-स्वास्थ्य समाचार सिप-कला/साहित्य स्थानीय खबर हेडलाइन

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल सन्चालनमा रहेको छ ।

तालिम पश्चात कसरी आफ्नो उद्यम सुरु गर्ने भन्ने अलमललाई चिर्नका लागी जिल्लाको गैंडाकोट नगरपालिका र देवचुली बरिष्ठ बिज्नेस कन्सल्ट्यान्ट अर्जुन प्रसाद भट्टराई द्वारा नगरपालिकामा सन्चालित ब्युटिसियन तालिमका सहभागीलाई तालिम दिईएको रिटर्नी माईग्रेट नेपाल नवलपुरका अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो ।

तालिममा सहभागीलाई ब्यबसाय सुरुगर्दा र सुरु गरिसकेपछि कसरी सफल हुने कष्टमरसग कस्ता ब्यवाहार गर्ने के कति पुजी परिचालित गरेर उद्यम सुरु गर्ने , र के भयो भने असफल को भय हुन्छ लगायतका विषयमा गम्भिर भएर दुई दिन छलफल तथा प्रशिक्षण दिईएको खत्रीले जानकारी दिनुभयो ।

महिलालाई उद्यम बनाउन सके बैदेशिक रोजगारमा गएकाको कमाई बचत हुने हुदा आफुहरुले जिल्लाको सम्बन्धीत नगरपालिकाको सहयोग र राष्ट्रिय युवा परिषदको समन्वयमा एक महिने आधारभुत ब्युटिसियन तालिम नवलपुरको गैंडाकोट नगरपालिका , देवचुली नगरपमलिका , कावासोती नगरपालिका र मध्यविन्दु नगरपमलिकामा सन्चालन गरेको रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतले जानकारी दिनुभयो । उक्त तालिमको समापन यसै महिनाको अन्तिम हप्ता नेपाल सरकारकी माननिय महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगवती चौधरी मार्फत गर्नको लागी तयारी भएकोपनि थनेतले जानकारी दिनुभयो ।

आधारभुत ब्युटिसियन तालिमामा सहभागी प्रशिक्षार्थीहरुले निकै मन लागेर सिकिरहेको थ्रि स्टार प्रशिक्षण केन्द्रकी सन्चालिका तथा तालिमकी प्रशिक्षक सिर्जना सोतीले बताउनु भयो । उनीहरुको स्किल टेष्टको समेत ब्यबस्था गरिदिएकोमा रिटर्नी माईग्रेट नेपाल लाई धन्यवाद समेत दिनुभयो ।

एकमहिने ब्युटिसियन तालिमामा सहभागी गैंडाकोटकी सबिता न्युरेले आफुहरुलाई यो आधारभुत तालिमले निकै उर्जा थपेको बताउनु भयो । रिटर्नी माईग्रेट नेपाल र प्रशिक्षक सिर्जना सोतीलाई धन्यवाद दिदै यतिले मात्र अझै प्रयाप्त नभएको हुदा यो भन्दा अगाडी बढ्न चाहिने बाकि तालिम र सिपको ब्यबस्थापनि गरिदिन आग्रह गर्नुभयो । एकमहिने तालिमामा नवलपुरको चार नगरपालिकाका करिब १०० जना महिला दिदिबहिनीहरु सहभागी छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *