युवा आलोक

Online News Portal

समाचार हेडलाइन

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुर । यातायात व्यवस्था कार्यालय कावासोती अन्तर्गत सञ्चालनमा रहेको कावासोती ड्राइभिङ सेन्टरको नाम परिवर्तन गरिएको छ। अबदेखि उक्त ट्रायल सेन्टर ‘नवलपुर ट्रायल सेन्टर’ नामले चिनिने भएको छ।

ट्रायल सेन्टरका सञ्चालक प्रविन सापकोटाका अनुसार, सेवा क्षेत्र विस्तार र पहिचानलाई एकीकृत बनाउन ट्रायल सेन्टरको नाम परिवर्तन गरिएको हो।उनले भने, “अब ट्रायल सेन्टरको औपचारिक नाम नवलपुर ट्रायल सेन्टर हुनेछ। नयाँ नामले जिल्लालाई समेट्ने प्रतिनिधित्व गर्छ भन्ने विश्वास छ।”

उक्त ट्रायल सेन्टरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन हुँदै आएको छ। यस नाम परिवर्तनले स्थानीय र सेवाग्राहीलाई अझ स्पष्ट र व्यापक जानकारी दिने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *