युवा आलोक

Online News Portal

खेलकुद स्थानीय खबर हेडलाइन

नवलपुरमा सुरु भयो सात दिने समर फुटबल क्लिनिक

नवलपुरमा सात दिने समर फुटबल क्लिनिक सुरु भएको छ। नवलपुर फुटबल क्लब, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र डायमण्ड युथ सोसाइटीको संयुक्त आयोजना तथा सेन्ट्रल कलेजको मुख्य प्रायोजन र चितवन एफ.सी.को प्राविधिक सहयोगमामा जेठ २७ गते देखि असार ३ गतेसम्म कावासोती–१२ राज मन्दिर मैदान र मध्यविन्दुको आरुङखोलामा सञ्चालन हुनेछ ।

राजमन्दिर मैदानमा क्लिनिकको उद्घाटन समारोहमा प्रमुख अतिथि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल वाइ बी पौडेल, विशेष अतिथि वडा नम्बर १२ का अध्यक्ष धु्रव खनाल, सेन्ट्रल कलेजका भाइस प्रिन्सिपल रिसि भण्डारी, प्रबिन सापकोटा लगायतको उपस्थिति थियो। प्रमुख अतिथि पौडेलले यस्ता तालिमले ग्रासरुट स्तरमा खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने बताउनुभयो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला सचिव तिर्सन घर्तीका अनुसार क्लिनिकमा ११ देखि १९ वर्ष उमेर समूहका २०० जना प्रशिक्षार्थी सहभागी छन्। इजिप्टका ईश्लाम कासीम, नेपाल सुपर लिगका प्रविन श्रेष्ठ, रमेश दंगाल र निशान श्रेष्ठले प्रशिक्षण दिनेछन्। कार्यक्रमले स्थानीय प्रतिभाको विकाससँगै समुदायमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *