युवा आलोक

Online News Portal

राजनीति समाचार

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्

महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गर्नुभएको छ ।
–––

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *