युवा आलोक

Online News Portal

राजनीति समाचार

नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ । सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *