युवा आलोक

Online News Portal

राजनीति समाचार

सुर्खेत जिसस निर्वाचन : २७ जेठमा मतदान

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि यही जेठ २७ गते मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज (आइतबार) मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको दाबी–विरोधमा उजुरी दिने, उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर जाँचबुझ गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, बिहीबार उम्मेदवारलाई चिह्न प्रदान गर्ने र शुक्रबार अर्थात् जेठ २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

जिससमा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । जिल्लामा नौ पालिकाका गरी १८ मतदाता छन् । सुर्खेतमा जिसस गठनका लागि कुनै दलसँग पनि स्पष्ट बहुमत छैन । नेकपा (एमाले)का नौ, नेपाली कांगे्रसका आठ र नेकपा (माओवादी केन्द्र)का एक मतदाता छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *