युवा आलोक

Online News Portal

शिक्षा-स्वास्थ्य समाचार

गह«ौं प्राथमिक अस्पतालमा बिरामीको चाप

मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै विभिन्न रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनेक्रम बढेको सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो ।

“सामान्यतया दैनिक १५० देखि २०० ले सेवा लिनुहुन्छ”, उहाँले भन्नुभयो, “मौसम परिवर्तनसँगै अहिले दैनिक ३०० बढीले सेवा लिन थाल्नुभएको छ ।” उपचारमा आउने बिरामीमा बढी ज्वरो र झाडापखाला, बान्ता लगायतका छन् । “मौसम परिवर्तन, दुषित खानेपानी तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएकोले पानी शुद्धिकरण गरेर खाने, बासी सडेगलेका वा बाहिर जहाँ पायो त्यहीँको खानेकुरा नखान सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतका केही भेगका बासिन्दाले प्रत्यक्ष सेवा लिन्छन् ।”

बिरामीको अवस्था हेरेर केहीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । केहीलाई औषधि र आवश्यक परामर्शसहित घरमै सुरक्षित रहन अनुरोधसहित पठाउने गरिएको छ । उपचारमा आउने बिरामीमा विशेष गरी ज्वरो आउने, खोकी लाग्ने, खान मन नलाग्ने, शरीर दुख्ने, बान्ता हुने, झाडापखला, आउँ, टाइफाइडका लक्षणहरु भेटिएको उहाँले बताउनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *