युवा आलोक

Online News Portal

समाचार

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ ।

विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवद्र्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ ।”

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *