युवा आलोक

Online News Portal

शिक्षा-स्वास्थ्य समाचार

त्रिपुरासुन्दरीमा निःशुल्क एम्बुलेन्स सुरु

त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *