युवा आलोक

Online News Portal

कृषि समाचार

टेम्केमैयुङले रैथाने बाली संरक्षण गर्ने

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले रैथाने बाली संरक्षण गर्ने भएको छ । पछिल्लो समय पराम्परागतरुपमा खेती गर्दै आए पनि पुरानो बाली हराउँदै गएपछि गाउँपालिकाले संरक्षणमा ध्यान दिन लागेको हो ।
स्थानीयवासीलाई कृषिमा जोड्दै आर्थिकरुपमा सक्षम बनाउने लक्ष्यका साथ बजेट निर्माण गरेको गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाले भौगोलिक वनावटको आधारमा बालीलाई वर्गीकरण गरेर विभिन्न बालीको खेतीमा जोड दिने जनाएको छ । त्यसका लागि ‘एक घर एक करेसाबारी’को अवधारणा अघि सारिएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास तथा विस्तारमा विषेश जोड दिएको त्यहाँका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘हामी यहाँको रैथाने बाली संरक्षणमा जुटेका छौँ । हाम्रो धेरै कषियोग्य भूमि छन् । ती ठाउँलाई अधिकतम प्रयोग गरेर कृषिको क्षेत्रमा नमूनाको रुपमा काम गर्ने हाम्रो लक्ष्य छ । यहाँको भोगोलिक बनावटअनुसारको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्छ ।’’ यहाँका रैथाने बाली सरक्षण गर्दै तेल उत्पादनका कार्यक्रममा जोड दिने र त्यसका लागि तोरी, रायो, सर्सिउँ र सूर्यमुखीको खेतीमा जोड दिने उल्लेख गर्दै अध्यक्ष बस्नेतले तरकारी खेतीमासमेत विषेश योजनाका साथ काम गर्ने जानकारी दिनुभयो ।

‘‘यो स्थानीय तहलाई हामीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छौँ । यहाँ धेरै उर्वरभूमि छन् । यी ठाउँलाई लक्ष गरेर कृषि क्षेत्रको वृहत्तर विकास गर्दै तरकारी निर्यात गर्ने सोच छ’’ उहाँले भन्नुभयो, त्यस्तै यहाँको कृषि, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायत क्षेत्रमा समेत योजनाबद्धरुपमा काम गर्ने गरी बजेट तयार गरिएको छ ।’’

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *