युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

जिप दुर्घटनामा मृत्यु

सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँले जिपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताउनुभयो । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *