युवा आलोक

Online News Portal

समाचार

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ ।

नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सहप्रायोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड गोल्डेन स्टेट मुभी मेकर र मिडिया हाउस एलएलसीले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

ग्लोबल नेपाली फिल्म अवार्डको अर्को उद्देश्य नेपाललाई विदेशी चलचत्रिकर्मी माझ चिनाउने र हलिउडका सिनेकर्मीलाई फिल्म सुटिङका लागि नेपाल आमन्त्रण गर्ने, नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीको पुनःमिलन गराउने उद्देश्य रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *