युवा आलोक

Online News Portal

बजार समाचार

ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए । गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरुले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *