युवा आलोक

Online News Portal

समाचार

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी हत्याको आरोपमा एक पक्राउ

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजारामाले मुक्तिनाथ सहित ३ जनालाई शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते बनाएका थिए। उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी पाँचपोखरीबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तिपेनी अस्पताल पठायो तर उपचार हुन सम्भव नदेखीएपछि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाइएको थियो।

प्रहरीको अनुसार मुक्तिनाथको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । घाइते भएका अन्य २ जनाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यस्तै अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *