युवा आलोक

Online News Portal

समाचार

अमेरिकाले लगायो टिकटकमाथि प्रतिबन्ध

अमेरिकाले आफ्नो देशभित्र टिकटक चलाउन प्रतिबन्ध लगाएको छ। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले व्यवस्थापन गरेका विद्युतीय उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको हो।

अमेरिकामा संसदको स्वामित्वमा रहेका मोबाइल फोनमा टिकटक राखेको प्रयोगकर्तालाई तत्कालिया हटाउन समेत निर्देशन समेत दिइएको छ। जारी सुचना अनुसार संसदका कर्मचारीहरुलाई धेरै प्रकारका सुरक्षा जोखिम निम्तिने भएको कारण टिकटक चलाउन निषेध गरिएको हो।

यस्तै अमेरिकाले आफ्नो निकट भविष्यमा सम्पूर्ण संघीय कार्यालयका डिभाइसहरुमा टिकटकमाथि पूर्ण रुपले बन्द गर्ने तयारी गरेको जनाइएको छ। साथै उक्त विषय सम्बन्धि अध्यादेशमा राष्ट्रपति जो बाइडेनको अन्तिम हस्ताक्षर मात्रै हुन बाँकी रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जानकारी दिए।

अहिले अमेरिकाको विभिन्न राज्यहरुमा टिकटक निषेध गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *