युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रिपरिषद बैठकले भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्रि बिष्णु पौडेलले उक्त स्थानमा भन्सारको स्थापना गरि कर्मचारीको व्यवस्था गरिने बताएका हुन्।

उनले सुशासन सुनिश्चित गर्दै विकास, समृद्धि र सामाजिक न्यायको मार्गबाट समाजवादतर्फ आफुहरु अगाडी बढ्ने विश्वास व्यक्त गरेका थिए। साथै कसैले उक्त कार्यमा अवरोध नगर्ने समेत बताएका थिए ।

गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *