युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

काठमाडौंमा ४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सोही कार्यालयमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक चौधरीले बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरु संकलन गर्न प्रहरी कर्मचारीहरुलाई तालिमले थप सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक संतोष रोक्काले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २२ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३१ जना गरी जम्मा ४४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *