युवा आलोक

Online News Portal

समाचार

आन्दोलनको नाममा गोंगबुको मोबाइल पसल लुटपाट, एक जनाले मात्रै ५-६ वटा लागे: करोडौँको क्षति

यातायात मजदुर आन्दोलनको नाममा नयाँ बसपार्क गोंगबुमा दुई मोबाइल पसल लुटपाट भएको छ। सोमबार यातायात मजदुर आन्दोलनको मौका छोपेर काठमाडौंको नयाँ बसपार्कका मोबाइल पसल फुटाएर कहिले लुटपात गरेको सिसिटिभी केमेरामा कैद गरिएको भिडियो सार्वजनिक भएको छ।

मजदुर आन्दोलनको नाममा लुटपाट छ, हामी कसरी बाँच्ने ?

मोबाइल डिसत्रिब्यूटर अर्जुन चालिसे भन्छन, “आन्दोलनको नाममा यसरी लुटपात मच्चिंदा राज्य मुख दर्शक बनेको छ। यो एकदमै निन्दनीय छ। राज्यको संयन्त्रले नसक्नु भनेको राज्य कम्जोर हुनु हो। बल कमजोर हुनु हो। आन्दोलन मच्चिएपछि हामीले पसल बन्द गरेकै हो। बन्द गरेको पसल चावी फोडेर दिन्दाह्रै लुटेर लगिन्छ। क्षतिको विवरण कति भयो, भन्ने अवस्था छैन। ”

करोडौँको मोबाइल चोरी
“एक जनाले ५-६ वटा मोबाइल लागेको छ। त्यत्रो हुलले मोबाइल लाग्दा ठुलै क्षति हुन्छ। यसरी करोडौंको लुटपाट हुँदा उजुरी समेत गरिएको छ। तर चोरी गर्नेहरु पक्राउ पर्छन कि पर्दैनन भन्ने हेर्न बाँकी रहेको छ।”

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *