युवा आलोक

Online News Portal

समाचार

दैलेखमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

दैलेखमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दैलेखको २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रहरीको अनुसार सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको थियो। उक्त मृत्यु भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *