युवा आलोक

Online News Portal

राजनीति समाचार

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल मुक्त

संसद पदबाट निलम्बनमा परेका अरुण चौधरी आज जेल मुक्त भएका छन्। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी आइतबार जेलबाट छुटेका हुन्।

आज प्रजातन्त्र दिवसलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीको बाँकी सजाय माफी गरेको जनाइएको छ। चौधरी नागरिक उन्मुक्तिका सांसद हुन्।

चौधरी जेल मुक्त भएपछी स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन्। उनलाई स्वागत गर्न पार्टीका अरु नेता, कार्यकतर्ताहरु समेत पुगेका थिए।

यसअघि २०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । चौधरीले ६ महिना जेल सजाय भुक्तान नगरेको भन्दै पुन: उनलाई पक्राउ गरिएको थियो।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *